पुस, १८, डोटी । नेपाल पत्रकार महासङ्घ डोटी शाखा सह-सचिव सरिता कठायतले श्री मष्टा गुरुकुल विद्या आश्रमलाई आर्थिक सहयोग गरेकी छन् । पत्रकार कठायतले जन्म दिनको अवसर पारि शिखर नगरपालिका-६ मा रहेको विद्या आश्रमलाई चार हजार एक सय ५५ रुपैयाँ सहयोग गरेकी हुन् ।
विद्या आश्रमलाई भोजनका लागि आर्थिक सहयोग गरेको कठायतले बताइन् । समाजसेवा गर्ने भावना अनुरूप जन्म दिनमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरेको कठायतले बताइन् । उनले पछिल्लो समयमा देखासिखि गरेर तडकभडक तरिकाले भन्दा पनि समाजलाई सहयोग गरी जन्म दिन मनाउन अपिल समेत गरेकी छन् ।
२०७५ सालमा स्थापना भएको विद्या आश्रममा हाल १६ जना छात्रले अध्ययन गर्दै आएका छन् । उनीहरूका लागि खाद्य सामाग्री तथा अन्य खर्च स्थानीयतहरू र विभिन्न व्यक्तिले गर्ने आर्थिक सहयोगबाट चल्दै आएको छ । आर्थिक अभावका कारण आश्रममा एक जना मात्र शिक्षक छन् । एक जना शिक्षक र एक जना कार्यालय सहयोगीले आश्रम सञ्चालन गर्दै आएका छन् ।
संस्कार, संस्कृति, धर्म, वेद विद्या जस्ता धार्मिक परम्पराको जगेर्नाका लागि आश्रम सञ्चालन गरिएको सञ्चालक ध्रुवराज फुलाराले बताए