आदर्शमा चार दिनको अवधिमा भालुको आक्रमणबाट ३ जना गम्भीर घाइते

डोटीमा चार दिनको अवधिमा भालुको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट जिल्लाको आदर्श गाउँपालिकाका ३ जना घाइते भएका हुन् । घाइते हुनेमा गाउँपालिकाको वडा नम्बर ४ रोडिङकी ५६ वर्षीय गौरी भाट, ५० वर्षीय जङ्ग भाट र वडा नम्बर ३ काँडीकी ३५ वर्षिया राजु रोकाया रहेका छन् ।

गौरी र जङ्ग आइतबार खेतमा काम गरिरहेको बेला भालुको आक्रमणमा परेका हुन् भने राजुलाई बुधवार दिउँसो घर नजिकै घाँस काटिरहेका बेला भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट राजु गम्भीर घाइते भएपछि स्थानीय मेडिकलमा सामान्य उपचारपछि धनगढी लगिएको स्थानीय भोज रोकायाले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.