डोटी जिल्लाको सायल गाउँपालिकामा पाचौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार देखि सुरु भएको छ ।सायल गाउँपालिकाको वडा नं. २ मा रहेको भवानी माध्यमिक बिद्यालय मा पुस २६ गते देखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक समारोहकाबीच उद्घाटन गरेका छन् । गाउँपालिका स्तरीय प्रतियोगितामा गाउँपालिकाका ८ओटा सामुदायिक विद्यालयकाका विद्यार्थीको सहभागिता रहेको छ ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष जोशीले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने भन्दै सबैले पढाइ संगै खेलकुदमा लगानि लगाउनुपर्ने र खेलाडी भनेका पालिकाका पहिचान भएको बताउदै यो क्षेत्रका बिद्यार्थीले आफ्नो पहिचान बनाउनका अग्रसर भए आफू जस्तोसुकै सहयोग गर्न पछि नपर्ने समेत बताए ।
पालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले शिक्षा,खेलकुद,र अनुशासन एक अर्काका परिपुरक भएको भन्दै खेल मर्यादित तबर बाट सम्पन्न गर्न आग्रह गर्दै पछि गएर यश ठाउका खेलाडीले राष्ट्रकालागि पनि खेल्ने खेलाडी उत्पादन हुने बिश्वास रहेको बताएकि छन् ।
प्रतियोगितामा भलिवल, हाइजम्प, लमजम्प, विभिन्न मिटरका दौड लगाएतका खेल समावेश रहेकोछ ।