सम विकास केन्द्र (ईडिसी) डाेटीकाे साधारण सभा सम्पन्न

पुस, २७सम विकास केन्द्र (ईडिसी) डाेटीकाे २६ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सिलगढी स्थित आफ्नै कार्यालयमा सम्पन्न भएकाे सभामा गत आर्थिक बर्षकाे आर्थिक प्रतिवेदन, नीति तथा कार्यक्रम, आगामी बर्षकाे अनुमानि बजेट लगायतका प्रतिवेदनहरू प्रस्तुत गरिएकाे थियाे ।

“समतामूलक समाजकाे निर्माण हाम्राे अभियान” भन्ने मुल नाराका साथ २०५३ चैत २७ गते स्थापना भएकाे ईडिसी डाेटी दलित, महिला, सिमान्तकृत तथा पछाडि पारिएका वर्गहरूकाे सशक्तीकरण, सम्मानजनक जीवनयापन, अधिकार, सामाजिक न्याय र समताका लागि न्यायपुर्ण समाजकाे निर्माण गर्ने उद्धेश्य लिएर अगाडि बढीरहेकाे संस्थाका अध्यक्ष अधिराज विसीले जानकारी दिनु भएकाे छ ।

आर्थिक बर्ष २०७९/०८० मा ५ कराेड ५९ लाख ४७ हजार १ सय ५ रूपैयाँ बराबरको आयव्यय भएकाे जानकारि दिइएकाे थियाे । संस्थाले अहिले पनि ६ वटा परियाेजना संचालन गरिरहेकाे छ । संस्थाले ३१ लाख बराबरकाे आफ्नै जग्गामा चार काेठे भवन निर्माण गरि साेहि भवनबाट कार्यसम्पादन गरिरहेकाे छ ।

कार्यक्रम पश्चात संस्थाकाे अधिवेशन भइरहेकाे र अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने जानकारी दिइएकाे छ ।

Leave A Reply

Your email address will not be published.