पुस, २७
डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकाे गैर सरकारी संस्था सम विकास केन्द्र (ईडिसी) नेपालको अध्यक्षमा केशव परियार निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न अधिवेशनबाट परियारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा कूल ४८ मतमध्ये परियारले ३१ मत प्राप्त गरी विजयी भएका हुन् भने अध्यक्ष पदका अर्का उम्मेदवार रविन्द्र बागचनले १७ मत मात्रै प्राप्त गरेका थिए । परियार उक्त संस्थाका पूर्व अध्यक्ष भईसकेका व्यक्ति हुन् ।
त्यस्तै समितिको उपाध्यक्षमा रश्मि गहतराज, सचिवमा बबि कुमार बि.सि.र कोषाध्यक्षमा मनोज बागचन भने निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्य पदमा योगोश मल्ल, यज्ञ पार्की र खेमराज शर्मा निर्वाचित भएका छन् भने सरला देवल र मनिषा मिजार सर्वसम्मत चयन भएको ईडिसी डोटीले जनाएको छ ।
संस्थाको लक्ष्य र उद्धेश्य बमोजिम काम गर्न आफु लागिपर्ने नव निर्वाचित अध्यक्ष परियारले प्रतिवद्धता जनाए ।
नयाँ निर्वाचित कार्य समितिको कार्यकाल ३ वर्षको हुने जनाईएको छ ।
यस पूर्व संस्थाको अध्यक्षमा अधिराज बिसी रहेका थिए ।