सायल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्डको उपाधि जनता जनार्दन माविलाई

धन बहादुर बोहरा डोटी । सायल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता जनार्दन माविले जितेको छ । सायद गाउँपालिकाको आयोजना र भवानी माविको व्यवस्थापनमा सुरु भएको रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता जनार्दन माविले जितेको हो ।

जनता जनार्दन माध्यमिक विद्यालयले स्वर्ण ११ रजत ७ कास्य २गरी कूल २१ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो । उपाधिसँगै जनता जनार्दन माविले , शिल्ड र प्रमाणपत्र पाएको छ । बिहीबार आयोजना भएको पुरस्कार वितरण कार्यक्रममा पालिकाका अध्यक्ष धर्मराज जोशीले विद्यालयका प्रधानाध्यापक तिर्थराज जोशीलाई शिल्ड हस्तान्त्ररण गर्नु भएको हो।

प्रतियोगितामा कालिका मा वि दोस्रो भएको छ । कालिकाले ५ स्वर्ण,३रजत र ५कास्य गरी कूल १३ पदक जितेको छ । उसले दोस्रो स्थान हासिल गरेबाफत सिल्डसहित प्रमाणपत्र पाएको छ ।

 

प्रतियोगितमा भवानी स्थान मा वि तृतीय भएको छ । तृतीय स्थान हासिल गरेको ले ४स्वर्ण, ५रजत र ३४कास्य गरी कूल १३ पदक जित्यो । प्रमाणपत्र पाएको छ । ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नारासहित पुस २६ देखी २८ गतेसम्म खेल संञ्चालन भएको थियो ।

पालिकाका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाकाभित्रका ६ वटा विद्यालयको सहभागिता थियो ।

 

 

Leave A Reply

Your email address will not be published.