डोटीमाअटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजना गम्भिर घाइते

माघ ०१, डोटी _डोटीको शिखर नगपालिका–८ गोपघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । सोमबार बिहान १० बजे डडेल्धुरा तर्फ जादै गरेको सु.प्र.प ०१००१ प १० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आईरहेको सु.प्र.प ०१००१ ह ४१७ नम्बरको अटो आपसमा ठोक्किँदा एक जना पैदल यात्री घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टका अनुसार मोटरसाईकल र अटो आपसमा ठोक्किन गई मोटरसाईकल अनियन्त्रित भएर पैदलयात्रीलाई ठक्कर दिदा शिखर नगरपालिका वडा नम्बर ८ चन्कुडाकी ७२ वर्षीया जगुली देवि बलायर घाइते भएकी छिन् । उनको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी पठाइएको छ । उनको टाउँको र दायाँ खुट्टामा चोट लागेको छ ।

Leave A Reply

Your email address will not be published.