डोटीमा २६ औं भूकम्प सुरक्षा दिवस मनाइयो

 

डोटी / डोटीको सदरमुकाम सिलगढीमा २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर लगायत सरोकारवाला निकायहरुको सहभागितामा दिवस मनाइएको हो ।

¥याली पश्चात प्रशासनमा एक कार्यक्रम गरेर मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले यो क्षेत्र भूकम्पका लागि सम्बेदनशील रहेकाले सबैले पूर्व तयारी अपनाउनु पर्ने र हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोध क्षमताका बनाउनु पर्ने बताए ।

प्रजिअ अर्यालले भवन आचार संहिताको पालना गर्नुपर्ने भएकाले त्यसको लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए ।

Leave A Reply

Your email address will not be published.