कंगोमा म‌त्यु भएका सुरेश सिल्लाको परिवारलाई एनआरएनएद्वारा २६ आर्थिक लाख सहयोग

डोटी । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ ।

शनिबार काठमाडौंमा एनआरएनएले वैदेशिक रोजगारीको क्रममा कंगोमा निधन हुनुभएका डोटीको आदर्श गाँउपालिकाका वडा नं ६ स्थायी घर भएका सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ वितरण गरिएको आदर्श गाँउपालिकाका अध्यक्ष गणेश खड्कले जानकारी दिनुभएको छ ।

उक्त रकम संघले परिवारका ३ जना पिता, श्रीमती र पुत्रलाई क्रमशः ३०, ३० र ४० प्रतिशत रकम प्रदान गरेको बताउनुभयो । उहाँले ४० प्रतिशत पैसा छोराको नाममा मुद्दती खातामा जम्मा गरिएको छ।

नेपाली राहदानीमा १० महिनाअघि भारतको चेन्नईबाट कंगो पुगेका २७ वर्षीय सिल्लाको असोजको अन्तिम साता उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । साथै उनि काम गर्दै आएको कम्पनीले समेत उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।

Leave A Reply

Your email address will not be published.