जिल्लाको बडिकेदार गाउँपालिका वडा नं. २ का एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जिल्लाको बडिकेदार गाउँपालिका वडा नं. २ असुरा बस्ने २२ वर्षका राजीव मास्की मगर सोही ठाउँका पातलको भिरबाट करिब ७०० मिटर तल मृत अवस्थामा फेला परेको हो । घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।