सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री देउवाद्वरा दिपायल सिलगढी नगरपालिकाको प्रशासनिक भवनको सिलन्यास

डोटी /  डोटीको दिपायल सिलगढी नगरपालिकाको नव निर्मित प्रशाशनिक भवनको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले शिलान्यास गर्नु भएको छ ।

आइतबार मन्त्री देउवाले नगरपालिकाको निर्माण हुन लागेकाे प्रसासकिय भवनको शिलान्यास गरेका हुन । ६ करोड ४१ लाख ४२ हजार १ सय ९७ रुपैयाँमको कुल लागतमा नगरपालिकालको भवन निर्माण भैरहेको छ । भवन निर्माणको जिम्मा आवरण मेटल इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा ली चितवनले पाएको छ । उक्त  कम्पनीले दुई बर्ष भित्र साढे तीन तलाको भवन निर्माण गरि सक्ने सम्झौता  गरेको छ।
भवनको शिलान्यास गर्दै सुदुर पश्चिम प्रदेका भौतिक भुर्वाधारमन्त्री प्रकाश बहादुर देउवाले प्रशासनिक भवन निर्माण गर्न प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वाशन दिनुभएको छ।
साथै डोटी जिल्लाको समग्रह विकासका लागी प्रदेश सरकार अगाडी बढेको समेत मन्त्री देउवाले बताए । नगरको सबै सेवा पुरानो भवन बाट दिन निक्कै असहज भएकोले सेवा प्रभाहलाई सहज बनाउन र कार्यालयलाई थप व्यवस्थित बनाउन नयां प्रशासनिक भवन निर्माण गरिन लागेको दिपायल नगर पालिकाका प्रमुख बाजि सिहं  खड्काले बताए ।

नमुना प्रशासनिक भवन बनाउने ऐतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको उप -प्रमुख कलावती महर साउँदले बताइन् । सिलन्कायास कार्यक्रममा डोटी बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य शिव सिंह ओली, चक्र मल्ल लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.