डोटी / जनप्रतिनिधि र पार्टीका बिचमा सुमधुर सम्बन्ध हुर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत नेपाली कांग्रस डोटीले आयोजना गरेको ‘समुदायमा कांग्रेस अभियान’ कार्यक्रममा बोल्दै अभियानमा खटिनु भएका केन्द्रीय प्रतिनिधि समेत रहेका गिरीले सो कुरा बताएका हुन् । जनप्रतिनिधिहरुले पार्टीका कारण यहाँसम्म पुगेका हौं भन्ने महसुस गर्नु पर्ने र सोहि अनुरुप सम्बन्ध राम्रो बनाउनु पर्ने बताए ।
प्रजातन्त्र र संबिधानको रक्षा गर्ने दल नेपाली कांग्रेस भएकाले सबै जनताको भावना बुझेर आफ्ना गतिबिधि संचालन गर्नुपर्ने उनले बताए । संगठन अनुशासनबाट चल्ने भएकाले सबै नेता तथा कार्यत्रर्ताहरुले अनुशासनका सात पार्टी संगठनमा लाग्नुपर्ने बताए ।
‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ भन्ने नाराका साथ सबै वटास्तरमा समेत संचालन हुने अभियान माघ २६ गतेसम्म संचालन हुनेछ ।