डोटीमा नेपाल विद्यार्थी संघद्वारा सहिद दिवसको अवसरमा दीप प्रज्वलन

डोटी : डोटीमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ। नेपाल विद्यार्थी संघ डोटीले दीप प्रज्वलन गरेका हुन्। उनीहरूले मङ्गलवार साँझ डोटीकोदिपायल स्थित घटाल होटलअगाडी दीप प्रज्वलन गरेको नेपाल विद्यार्थी संघ ड‍टीका अध्यक्षदिपेन्द्र बहादुर सिहले जानकारी दिएकाछन्।

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदहरू पेरति उनीहरूले श्रद्धापूर्वक दीप बालेका हुन्। नेपालमा माघ १६ गते सहिद दिवस मनाइन्छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा सहिद दिवस मनाउने गरिएको छ सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा दिवस मनाइएको हो।

विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Leave A Reply

Your email address will not be published.