भारतमा मृत्यु भएकका विजय ऐरको परिवारलाई तरुण दलद्वारा आर्थिक सहयोग

 

भारतमा मृत्यू भएका डोटीको के आई सिह गाउँपालिका वडा नम्बर ३ दल्लका विजय ऐरको परिवारलाइ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल डोटीले आर्थिक सहयोग गरेको छ । तरुण दलका अध्यक्ष टेक बहादुर रावलले शनिबार ५० हजार रुपैयाँ पिडीत परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।
विभिन्न व्यक्तिहरुबाट संकलीत सो रकम घरमै गएर हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष रावलले जानकारी दिनुभयो । आर्थिक अवस्था नाजुक भएका ऐरकोे मृत्यू भएपछि परिवारका सदस्यहरु विचल्लीमा परेपछि तरुण दल डोटीले आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।
ऐरको केही दिन अगाडि भारतमा मृत्यु भएको थियोे । उनको एक श्रीमती र तिन छोरा रहेकाछन । साथै उनका दुई छोराहरुको पठनपाठनका लागी चन्डिका बोडिङ स्कुल देउरडीमा निशुल्क पठन पाठनको व्यवस्था गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.