डोटीको आदर्श गाउँपालिका–१ धौलामाटी जिप दुर्घटनामा घाईते थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या तिन पुगेको छ भने पाँच जना घाइते भएका छन्।
शुक्रवार दिउँसो करिब १:४० बजे मौवाबाट दहकालिका जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी जिप ) चालक आदर्श–७ दडिमाना २७ वर्षीय सुरेश कार्की र सायल–४ सुण्डकी ४१ वर्षीया हरु देवी बिकको घटनास्थलमै मृत्यु भएको थियो भने ।सायल–६ कटुवाल गाउँकी ३५ वर्षीया गर्भवती काली कटुवालको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता बिक, अन्दाजी १६ वर्षीया स्यानु बिक, आदर्श ७ दडिमानाका २२ वर्षीय कैलाश बिष्ट, १४ वर्षीय दिपक बिष्ट र अन्दाजी ९/१० वर्षकी सविता कटुवाल गम्भीर घाइते भएका छन्। घाइतेहरूको टाउको, अनुहार, हात, खुट्टा र भित्री अंगमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।