मोहन पनेरु
डोटी — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दिपक बहादुर धामीले अग्रता कायम राखेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार धामीले हालसम्म २ हजार ७ सय ११ मत प्राप्त गरेका छन्।
उनीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र खड्काले पछ्याइरहेका छन्। खड्काले हालसम्म १ हजार ७ सय ३७ मत ल्याएका छन्।
तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का रहेका छन्। उनले १ हजार ७ सय २० मत प्राप्त गरेका छन्। यस्तै चौथो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्ट रहेका छन्। उनले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना कार्य जारी रहेको छ र बाँकी मतगणनासँगै परिणाममा परिवर्तन हुन सक्ने बताइएको छ। प्रारम्भिक परिणाममा शीर्ष उम्मेदवारहरूबीच प्रतिस्पर्धा देखिएको छ।