दिपायलमा पसलमा आगलागी, लाखौँ क्षति

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं। २ मा रहेको शोभा किराना तथा मदिरा पसलमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।प्रदेश प्रहरी तालिम केन्द्र नजिक रहेको उक्त पसलमा गएराति करिब ११ बजेतिर आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण सामान जलेर पूर्ण रूपमा नष्ट भएको पसल सञ्चालक मेघनाथ नेगीले जानकारी दिएका छन्।नेगीका अनुसार आगलागीबाट करिब १० देखि १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। नगद करिब २ लाख रुपैयाँसहित दुई वटा ठूलो फ्रिज, एक थान सानो फ्रिज तथा मदिरा र किराना पसलका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
आगलागीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दिपायल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.