डोटीको दिपायल सिलगढी नगरपालिकाले मानायो अन्तराष्ट्रिय महिला दिवस

डोटी/ महिलामा लगानी सभ्य समुन्नत समाजको थालनींं,,भन्ने उदेश्यका साथ ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस डोटीमा बिभिन्न कार्यक्रम गरी आज मनाईएको छ । दिपायल सीलगढी नगरपालीकाको आयोजना तथा जिल्लामा क्रीयासील बिभीन्न संघ संस्थाहरुको सहकार्यमा कार्यक्रमको आयोजना गरीएको हो ।


दिपायल सिलगढी नगरपालीकाका नगर उपप्रमुख कलापती महर साउँदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति डोटी जिल्ला समन्वय प्रमुख लक्ष्मण सिहँ रहनु भएको थियो । अहिले पनि समाजमा महिला र पुरुष बिच ठुलो बिभेद रहेको कार्यक्रममा सहभागी महिलाहरुको भनाइ रहेको छ ।
पछील्लो समयमा जिल्लामा कार्यरत बिभिन्न संघ संस्थाका कारणले महिलाको जिबनस्तरमा केहि परीबर्तन आयता पनि धेरै कुरामा परीबर्तन आउन बाँकी रहेको दीपायल सिलगढी नगरपालीका वडा न ४ की स्थानिय दुर्गा नेपालीले बताइन । दलीत र गैर दलीतका बिचमा हुने छुवाछुत केहि मात्रामा हटे पनि पूरुस र महिलाले पाउने ज्यालामा एक रुपता आउन नसकेको उनको भनाई छ ।


एक्काइसौँ शदाब्दी सम्म आइपुग्दा पनि महिला र पुरुसले पाउने ज्यालामा बिभेद रहेको दिपायल सीलगढी नगरपालीकाका उपप्रमुख कलापती महर साउँदले बताइन । महिलाले आफनु अधिकार पाउनका लागी महिलाहरु नै बढी सक्रीय हुनुपर्ने उनको भनाइ छ ।
सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच न्यून रहेको समन्वय प्रमुख लक्ष्मण सिहँले बताए ।
महिला हक,अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकायहरूले ससक्त रूपबाट काम गरिरहेपनि महिलाहरुको जिबन स्तरमा सोचेजती परीबर्तन आउन नसकेको उनको भनाइ छ ।दिवसका अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीएका थिए ।

नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ। नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ

 

Leave A Reply

Your email address will not be published.