जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल वितरण

डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य हुँदै जान थालेको छ ।

फजुल खर्च भन्दा गरिब असाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देश दिनकै लागि भएपनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनुु पर्ने धारणाका साथ आफ्नो जन्म दिनलाई डोटीको शिखर नगरपालिकाकी उप प्रमुख सुनिता रावल (जोरा)ले आफ्नो जन्मदिनको अवसरमा राजपुरमा रहेको सुजङ अस्पतालमा बिरामीहरुलाई फलफूल गरेकी छन । रावलले जन्म दिनको अवसरमा बुधवार अस्पतालमा उपचार गराई रहेका विरामीहरुलाई फलफूल वितरण गरेकी हुन । अस्पतालमा फलफूल वितरण गर्दै रावलले उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्य लाभ र सफल उपचारका लागि समेत कामना गरेका छन्।पछिल्ला दिनहरुमा जन्म लिनलाई मानव सेवा आश्रम, गरिब असाय र बिरामीहरुलाई सहयोग गर्ने कार्यले नेपाली मन र पनलाई विगतको अवस्थामा विस्तारै पुगाउन सक्ने र आपसी सद्द्धभाव र भाईचारका सम्बन्ध देखि लिएर एक नेपालीलाई पर्ने पीडा अर्को नेपालीलाई बोध हुने गरि समाज सेवाका कार्यक्रमहरु बिस्तारै अघि बढिरहेकाले केहि हद सम्म भएपनि लक्षित समुदाय भने लाभान्वित बन्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.