बोगटान प्रिमीयर लिगको उपाधि गगुडा टाईगरलाई

भरत बम डोटी, बोगटान फुड्सिल गाउपालिका स्तरीय दोस्रो संस्करणको क्रिकेट प्रतियोगिताको उपाधि गगुडा टाईगर ले हात पारेको छ । बोगटान युवा सञ्जालको आयोजना तथा बोगटान फुड्सिल गाउपालिकाको आर्थिक सहयोगमा यहि असोज २० गते सुरु भएको थियो । ९ टिम समाबेस रहेको प्रतियोगिताको उद्घाटन गाउपालिका उपाध्यक्ष बिष्ना देबि बम ले गर्नु भएको थियो । बुधबार भएको अन्तिम खेलमा गगुडा टाईगरले टस हारेर ब्याटिङ गर्दै १५४ को टारगेट दिएको थियो। सो टारगेट चवराचौतारा स्टाईगर ले १२ ओभरमा ७ विकेट गुमाई १११ रन मात्र हान्न सफल भएको थियो । प्रतियोगिताको बिजेताले नगद तिस हजार पुरस्कार प्राप्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.