जिल्ला प्रशासन कार्यालय डोटीले फागु अर्थात् होली पर्वमा जथाभाबी रङ्ग नदल्न र कसैको इच्छा विपरीत लोला हान्ने काम नगर्न सचेत गराएको छ ।डाटीका प्रमुख जिल्ला अधिकारी मोहोन राज जोशीले आज एक विज्ञप्ति निकालेर सामाजिक सद्भाव कायम गरी मर्यादित रूपमा होली मनाउन अनुरोध गर्नुभएको छ ।यस वर्ष पहाडी जिल्लामा पर्सि फागुन २९ गते र तराईरमधेशका जिल्लामा चैत १ गते फागु अर्थात् होली मनाइँदैछ । कोही कसैले अमर्यादित, उच्छृङ्खल एवम् गैरविपरीत कार्य गरेमा प्रचलित कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ