सिलगढि,
डोटिको बोगटान फुड्सिल गाउ पालिकामा गाउँ शिक्षा योजना अनुमोदन भएको छ । युरोपिएन युनियनको आर्थिक सहयोग तथा सामुदायिक बिकास केन्द्र CDC डोटिको प्राबिधिक सहयोगमा बोगटान फुड्सिल गा पा शिक्षा तथा खेलकुद शाखाको आयोजनामा विभिन्न कार्यशाला गोष्टि बाट आएका सुझाब र सरोकारवालाको प्रत्यक्ष सहभागितामा पालिका शिक्षा योजना हिजो शुक्रबार अनुमोदन भएको छ ।
शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयको १० बर्षे बिद्यालय शिक्षा योजना अन्तर्गत बोगटान फुड्सिल गा पा को शिक्षाको गुणस्तर बढाउन शिक्षाको भौतिक पुर्वाधार सुधार गर्न मद्त पुगोस भन्ने उदेश्य रहेको CDC का सहजकर्ता खगेन्द्रराज जोशीले बताउनु भयो । सो योजना शिक्षा बिनियोजन ऐन २०८१ को दफा ११ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरि बोगटान फुड्सिल गा पा ले गाउँ शिक्षा योजना अद्याबधिक गरेको हो ।