डोटीमा बिकासले फट्को मार्ने छ : सभापति देउवा

डोटी, १७ चैत्र
डडेल्धुरा तथा डोटीको संगम स्थल डोटीको शिखर नगरपालिका वडा नं १० स्थित पवित्र तिर्थस्थल गहनान त्रिवेणी धाममा आईतबार देखि श्रीमद देवि भागवत महापुराण ज्ञान धन धन्यान्चल हवन महायज्ञको शुभारम्भ भएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले श्रीमद देवि भागवत महापुराण ज्ञान धन धन्यान्चल हवन महायज्ञ उद्धघाटन गर्दै डोटी जिल्लाले बिकासमा फड्को मार्ने बताएका छन । उनले भने,“ मैले पनि यसै डोटी जिल्ला बाट अध्यन गरेको हु“, हातले ईशासार गर्दै उ तेही ठाउ“ हो उच्चाकोटको सिताराम उच्च माध्यामिक बिद्यालय तेही बिद्यालयले हो मलाई यहा“ सम्म पुगाएको । मलाई डोटीको धेरै माया छ । अबको केही बर्षमा डोटीमा बिकासको गरेर देखाउन प्रतिबद्धता जिकिर गरे ।”
यस्तै नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति तथा संघिय साँसद बिर बहादुर बलायरले आफ्‌नो गृह जिल्ला प्रति धेरै माया भएको बताउ“दै भने,“ मेरो राजनिति थलो भनेकै डोटी हो । डोटेली जन्ताले माया गर्नु ह’न्छ । तर अहिले फरक पस्थितिका कारण मैले कैलालीबाट चुनाबमा हुमीएको थिए । जो तपाईहरुलाई प्रस्ट छ । मेरो लागी कैलाली र डोटी बराबर मानेको बताए ।”
उक्त स्थान देउवाको गृहपालिका गन्यापधुराको पनि भाबनात्मक सम्बन्ध रहेको छ । माहायज्ञको पहिलो दिन आज आईतबार विहान ७ वजे कलश यात्रा निकालिएको छ । आज देखी २५ गतेसम्म महायज्ञको आयोजना गरिने छ ।
धार्मिक, पर्यटकिय तथा ऐतिहासिक, सामाजिक जन जीवन लगायतका पक्षको प्रचारप्रसार एवं उजागर गर्दै यस क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उदेश्य सहित महायज्ञको आयोजना गरिन लागेको संयोजक ललित बलायरले बताए ।
सम्पुर्ण हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्यस्थल बनाउन तथा तिर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिन लागेको जनाइएको छ।महायज्ञमा प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषिकेश उपाध्याय रहेका छन् ।
महायज्ञमा तुलादान, अन्नदान, गौदान,आरती सेवा, विशेष पुजा, ब्राह्मणपूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध लगायत कार्यक्रमहरु हुनेछन । महायज्ञमा योगबिज्ञान शिविर, शालिग्रामपुजन, देविभागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झा“की बालसँस्कार कार्यक्रम, भजनकृतन पनि हुने छ्न ।
दाताहरु लाइ सम्मानपत्र, दाताको नाम शिलापत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरि जिम्मेवारी बाँडफा“ड गरिएको छ । महायज्ञ कार्यक्रममा दुई लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको छ । करिब एक करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
डडेल्धुराको गन्यापधुरा, नवदुर्गा, डोटीको शिखर नगरपालिका महायज्ञको मुख्य संरक्षकको भुमिकामा रहेका छन । डोटी र डडेल्धुराको सिमाना सेति नदि र शाकल्य नदिको संगमस्थल शाकल्य ऋषिले तपस्या गरि ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भुमि मानिन्छ। पौराणिक कालमा ५ पाण्डवहरुले ध्यान तपस्या गरेको पवित्रस्थल समेत मानिन्छ ।

Leave A Reply

Your email address will not be published.