डोटी, सायल गाउँपालिका वडा नं ३ तोलेनीमा विद्युतको केन्द्रिय लाइन जडान गरी उद्घाटन गरिएको छ ।
आईतबार वडा नं ३ का जनतालाई उज्यालो दिने उद्देश्यले विद्युत केन्द्रिय लाइनको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले उद्घाटन गरिएका छन।
विद्युतको उद्घाटन भएसँगै स्थानीयवासी हर्षित भएका छन्। पहिले जलविद्युत बाट बिजुली बाले पनि धेरै समय समयदेखि अन्धकारमै जीवन गुजारिरहेका यस वडाका बासिन्दाले अब आफ्ना घर आँगनमा बत्ती बाल्न पाउने भए पछि स्थानिहरू खुसी भएका छन् ।
स्थानीय यदु नेपालीले विद्युत विस्तारले ग्रामीण जीवनशैलीमा ठुलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै लामो समयपछि गाउँमा केन्द्रिय लाइनको बिजुली पुगेपछि निकै खुशी लागेको बताए । नेपालीले भने हामी कुटानी पिसानी गर्नाका लागि घण्टाै पैदल हिडेर जाने पर्ने थियाे अब गाउँमा बिजुली आयाे अब गाउँमै कुटानी पिसानीकाे मिल पनि सँचालनमा आउने उनी बिश्वस्तछन ।

त्यस्तै कक्षा १० मा अध्ययनरत छात्र मेखराज उपाध्यायले बिगतका दिनहरुमा बत्ती नहुँदा पठनपाठनमा निकै समस्या खेप्नु परेको भन्दै गाउँमा केन्द्रिय लाइनको बिजुली पुगेपछि सबैभन्दा बढी विद्यार्थीहरुलाई राहत मिल्ने बताए ।
विद्युतको उद्घाटन सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले विधिवत रूपमा बत्ती बालेर उद्घाटन गरेका हुन ।
अध्यक्ष जोशीले अब वडा नं. ३ का गर्खा सायल, बनगाउँ, पानीखालका स्थानीय केन्द्रिय विद्युत प्रशारणको लाइनसँग जोडीएका बताए । उहाँले २०७७/०७८ मा जडान गरि सक्नु पर्ने बत्ति विभिन्न कारणले रोकिएकोले आफ्नो पालिकाको अथक मेहनतले जडान गर्न सफल भएको बताए ।
अब स्थानीय, व्यापारी, व्यवसायीलाई सहज भएको र बिद्यार्थीलाइ अध्यारोमा पढ्न लेख्न बाट बञ्चित हुनुपर्ने स्थितिको अन्त्य भएको उहाँको भनाइ रहेको थियो ।
बालबालिकालाइ समेत पढ्न लेख्न सहज हुने ।

त्यसैगरी वडा नं. ३ वडा अध्यक्ष एवं पालिकाका प्रबक्ता नवराज उपाध्यक्षले लामो समय देखीको सहजै बत्ति बाल्ने स्थानीयको अभिलाषा पुरा भएको बताउदै उनले वर्षौंको संघर्षपछि वडाभित्र बत्ती बल्नु वडाको लागि ऐतिहासिक दिन भएको समेत बताए ।
उक्त विद्युतबाट वडा नं. ३ का ६ सय ११ भन्दा बढी घरपरिवार लाभान्वित हुने अध्यक्ष उपाध्यायले जानकारी दिएका छन ।