सहप्राध्यापक पनेरूलाई डाेटी बहुमुखी क्याम्पसद्वारा बिदाइ

माेहन ठकुल्ला
सिलगढी डाेटी,

त्रिभुवन विश्वविद्यालयकाे आंगिक क्याम्पस डोटी बहुमुखी क्याम्पसका सहप्राध्यापक खेमराज पनेरूकाे बिदाई गरिएकाे छ ।
अनिवार्यरूपमा अवकाश भइ जाँदै गर्दा क्याम्पस परिवारले साेमबार एक ओैपचारिक कार्यक्रमका साथ उहाँको बिदाइ गरिएकाे हाे ।
सहप्राध्यापक पनेरू लामो समयदेखि डोटी बहुमुखी क्याम्पस सिलगढी डाेटीमा अध्यापन गर्दै आइरहनु भएकाे थियाे

नेपाली विषयका सहप्राध्यापक खेमराज पनेरू वि.स २०४८ सालदेखि निरन्तर डोटी बहुमुखी क्याम्पस सिलगढी डाेटीमा अध्यापन गर्दै आउनु भएकाे थियाे । तर उहाँ उमेर हदका कारण ३२ वर्ष डोटी बहुमुखी क्याम्पसमा प्राध्यापन गराइ अनिवार्य अवकाश भएइ सेवाबाट निर्वृत्त हुनुभएकाे छ ।

सहप्राध्यापक पनेरूले क्याम्पसमा रहदासम्म अध्यापन पेशामा ठूलाे याेगदान पुर्‍याएकाे भन्दै क्याम्पस प्रमुख दिलानन्द जाेशीले धन्यवाद ज्ञापन गर्दै क्याम्पस परिवारले सम्झिरहने बताउनु भयाे । आफूनाे पेशामा तल्लिन भएर इमानदारीतापूर्वक सेवाबाट निर्वृत्त नहुन्जेलसम्म सहप्राध्यापक पनेरूले क्याम्पसकाे पठनपाठनमा राेचक याेगदान दिएकाे क्याम्पस प्रमुख जाेशीले बताउनु भयाे ।

३ दशक भन्दा लामाे समयसम्म क्याम्पसमा रहिरहदा क्याम्पससंगको औपचारिक संलग्नता समापन भएको भन्दै प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूले आफूप्रति दर्साउनु भएको स्नेह, सद्भाव र आत्मीयताले गर्दा छुट्टिएर जान अत्यन्तै असहज भइरहेको सहप्राध्यापक पनेरूले बताउनु भयाे । उहाँ भन्नू हुन्छ ” समयले अन्तर्मनको पीडालाई बुझ्न नसक्दो रहेछ ” भावहिल हुनुभएको थियाे ।

उक्त बिदाइ कार्यक्रममा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी, विभिन्न संकायमा अध्ययनरत विद्यार्थी,लगायतकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.