धन बोहरा डोटी / जिल्ला स्तरीय राष्टपती रनिङ शिल्ड प्रतीयोगीताको उपाधी दिपायल सिलगढी नगरपालिकाले जितेको छ ।
दिपायल सिलगढी नगरपालिकाले २२स्वर्ण,७ रजक,२कास्य गरी ३१ अंक ल्यनएर प्रथम भएको छ । त्यस्तै १० स्वर्ण, १३ रजक,८ कास्य गरी ३१ अंक प्रप्त गरी जोरायल गाउँपालिका दोस्रो भएको छ । ८ स्वर्ण ६ रजक १ कास्य गरी आदर्श गाउँपालिकले तेस्रो स्थान हासिल गरेको जिल्ला केलकु समिति डोटीका अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभएको छ ।
त्यस्तै ७ स्वर्ण ६ रजक ९ कास्य गरी शिखर नगरपालिका चौथो भएको छ, भएको अध्यक्ष शाहीले बताएक बडिकेदार गाउँपालिकाले ५ स्वर्ण १३ रजक ३ कस्य गरी २१ अंक प्रप्त गरेको छ । सायल गाउँपालिकाले १ स्वर्ण १ रजक ६ कास्य गरी ८ प्राप्त गरेको छ । बोगटान फुडसिल गाउँपालिकाले १ स्वर्ण २ रजक २ कास्य गरी ५ अंक प्राप्त गरेको छ ।के आई सिह गाउँपालिका स्वर्णविहि भएको छ स्वर्ण ० रजक २ कास्य १ गरी ३ अंक ल्याएको छ । पुर्वीचौकी गाउँपालिका पनि स्वर्णविहिन छ उसले २ रजक मात्र प्राप्त गरेको छ ।
जिल्ला स्तरीय राष्टपती रनिङ शिल प्रतियोगिता मघ १४ गतेदेखि १६ गतेसम्म दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ स्थित दिल्पेश्वर मठको खेलमैदानमा संञ्चालन भएको थियोे ।प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहका खेलाडीहरुले सहभागीता जनाएका थिए प्रतियोगितालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गरीदिएकोमा सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद दिदै प्रदेश स्तरीय प्रतियोगिताका लागि तयारी गर्न सम्पूर्ण खेलाडीहरुलाई खेलकुद समिति डोटीका अध्यक्ष शाहीले आग्रह गर्नुभएको छ ।