हावाहुरी र असिनापानीले डोटीको चनुकाँडामा ठूलो क्षति, विद्यालय भवनका छाना उडे

डोटी, बोगटान फुड्सिल गाउँपालिका–७ चनुकाँडामा बुधबार राति आएको हावाहुरीसहितको असिनापानीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । हावाहुरीका कारण एक विद्यालय भवनसहित दर्जनौं घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । हावाहुरीले स्थानीय ‘चनुकाँडा आधारभूत विद्यालय’ का दुई वटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बमले जानकारी दिए । उनका अनुसार प्रशासनिक कक्ष रहेको भवन तथा कम्प्युटर कक्ष रहेको भवनको छाना पूर्ण रूपमा उडेको हो ।अध्यक्ष बमका अनुसार ‘प्रशासनिक भवनको छाना उड्दा विद्यालयका महत्वपूर्ण कागजातमा क्षति पुगेको छ भने धेरै किताबसमेत नष्ट भएका छन् । कम्प्युटर कक्षमा रहेका कम्प्युटर, प्रिन्टर तथा फर्निचरमा समेत क्षति पुगेको छ,’ उनले भने । हावाहुरीले विद्यालयका छाना सयौं मिटर टाढासम्म उडाएर लगेको उनको भनाइ छ ।
गाउँका अधिकांश घरमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् । ‘टिनले छाएका धेरैजसो घरका छाना उडेका छन् भने खर र पत्थरले छाएका घरहरू पनि प्रभावित भएका छन् । छाना उडेपछि परेको असिनापानीले थ

Leave A Reply

Your email address will not be published.