सामुदायिक रेडियो त्रिबेणी एफ.एम आजबाट १४ औं बर्षमा प्रवेश

डोटी,
त्रिबेणी मिडिया नेटवर्क डोटीद्धारा सञ्चालित सामुदायिक रेडियो त्रिबेणी एफ.एम आजबाट १४ औँ बर्षमा प्रवेश गरेको छ । डोटीमा सञ्चारमाध्यमको रुपमा छापा प्रकाशनहरुमा मात्र भएको समयमा त्रिबेणी एफएमले २०६७ साल फागुन ११ गतेबाट आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो । तत समय देखी नै विभिन्न आरोह अबरोह पार गर्दै १४ औँ वर्षसम्म पुग्नमा हाम्रा श्रोता, विज्ञापनदाता, सुभचिन्तक सुवेच्छुकहरुको अपार माया ममताका कारण हामी यहाँ सम्म पुग्न सकेको त्रिबेणी एफएमका अध्यक्ष मोहन शाहिले बताउनु भएको छ । त्यस्तै शाहिले रेडियोलाई माया, सहयोग, सद्भाव गर्ने सम्पुर्ण श्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुलाई धन्यवाद समेत दिनु भएको छ । रेडीयोका स्टेशन म्यानेजर खगेन्द्र बहादुर सिंहले रेडीयोलाई यो स्थान सम्म ल्याउन महत्वपुर्ण भुमिका निर्बाह गर्ने सम्पुर्ण बिज्ञापनदाता, स्रोता, लगानीकर्ताहरुलाइ धन्यबाद ब्यक्त गर्नु भएको छ । ९४.४ मेगाहर्जबाट प्रसारण भई रहेको त्रिबेणी रेडियोले सुदुरपश्चिमका डोटी, डडेल्धुरा, अछाम, बझांग, दार्चुला, बैतडी लगायतका जिल्लाका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लामा सुचना तथा सञ्चार क्षेत्रमा सेवा पु¥याउँदै आएको छ । त्यस्तै त्रिबेणी एफएम हाम्रो पात्रो मार्फत विश्वभर प्रशारण हुँदै आएको छ । निष्पक्ष रुपमा सन्तुलित समाचार, ज्ञानवर्दक कार्यक्रम, मनोरन्जन, सुचना आदि प्रसारण गर्दै आएको छ ।यसै उपलक्ष्यमा आज बिहान दिपायल स्थित शैलेश्वरी अस्पताल र राजपुर स्थित सुजङ्ग अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेकाे छ ।

Leave A Reply

Your email address will not be published.