धन बोहरा डोटी,डोटीको आदर्श गाउपालीका वडा नं ७ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गणेश खड्काले शनिबार धार्मिक विधी अनुसार भवनको सिलान्यास गर्नु भएको हो । ९५ लाख रूपैया लगानीमा वडा कार्यालयको अपाङ्गमैत्री भवन निर्माण गरिन लागेको गाउँपालिका अध्यक्ष गणेश खडका बताउनु भयो । १ हजार ९ सय ६४ स्क्वायर फिटमा निर्माण हुन लागेको भने असार ३० गतिभत्र सक्ने गरी गाउँपालिकाले ठेक्का दिएको छ ।अहिले दह कालिकास्थान स्वास्थ्य चौकीको जिर्ण रहेको भवनबाट सेवा वडा कार्यालयले प्रवाह गर्दै अएको छ । कार्यालय नहुँदा सेवा प्रवाहमा समस्या रहेकोले अफ्नै भवन निर्माण भएपछि सहज हुने वडा अध्यक्ष लाल बहादुर बिष्टले बताउनु भयो ।
सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकाया, वडा अध्यक्षहरु, वडा सदस्य तथा कार्यपालिका सदस्य, कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।