वर्षाै देखि सुनसान बसपार्क सञ्चालनमा ल्याउन संघर्ष समितिकाे माग

माेहन ठकुल्ला
डाेटी

संघर्ष समिति डाेटीले सिलगढी बसपार्क सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकालाई र जिल्ला प्रशासन कार्यालय डाेटीलाई विहीबार ज्ञापनपत्र बुझाएकाे छ ।

बसपार्क बाटै सार्वजनिक यातायातका साना ठूला (बस , हाइस,जिप) लगायतका गाडिहरू छुट्नुपर्ने,दैनिक बसपार्क मै गाडी पार्किङ हुनुपर्ने, टिकट काउन्टरबाट टिकट व्यवस्था गरि यात्रुहरू ओसारपसार गर्नुपर्ने, नजिक वा टाढा दुरीका गाडीहरू यात्रुहरूलाई गन्तव्यमा पुर्‍याए पश्चात् राेडमा नभइ,बसपार्कमै पार्किङ गरियाेस्,जिराे प्वाइन्टमा स्थित अस्थायी प्रहरी चेक पाेष्ट राख्न आवश्यक पहल गर्न भनी लगायतका विविध विषयमा संघर्ष समितिले ज्ञापन पत्रमा उल्लेख गरेकाे छ।

ज्ञापनपत्र बुझे पश्चात् नगर प्रमुख बाजि सिं खड्काले स्थानीयले चासो देखाए, नगरपालिकाले पूर्णरूपमा सहयाेग गर्ने बताए । सराेकारवालालाई बाेलाइ चाँडै माग बमोजिम नियम कार्यान्वयन गर्ने प्रतिवद्वता जाहेर गरेकाे छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएका कुराहरू स्थानिय क्षेत्राधिकार भित्र पर्ने भएकाले स्थानिय निकाय जागेपछि प्रशासनले कर्तव्यपूर्ण सहयाेग गर्ने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।
उक्त मागहरू बमोजिम नगरपालिकाले बेवास्ता गरेमा आन्दोलनमा उत्रिने संघर्ष समितिले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.