धन बोहरा डोटी _ दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा सञ्चालित दुई दिने निःशुल्क मुटु स्वास्थ्य शिविर १हजार १९जनाले जाँच सेवा लिएका छन् । नगरपालिकाको वडा नं ९ स्थित कलेना स्वास्थ्य चौकीबाट सर्वसाधारणले मुटु जाँच गराएको वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयो ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरूको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये १९जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताउनुभयो ।
दिपायल सिलगढी नगरपालीका वडा नं ९को आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधीसमेत उपलब्ध गराइएको छ ।शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिने भएको छ।‘मुटु जाँच गराएकामध्ये १९जनालाई मुटुको थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार हुनेछ ।शिविरमार्फत बिरामीलाई करिब रु २८
लाख बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । हिजो शुक्रबारबाट संन्चालन भएको सिविर आज सम्पन्न भएको छ।