डोटी बहुमुखी क्याम्पसमा(स्ववियु) निर्वाचनमा त्रिपक्षीय भिडन्त हुदै

डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) इन्द्र सम्शेर राणा, अनेरास्ववियुबाट सुरेश रोकाया र अखिल क्रान्तिकारी र अखिल समाजवादीकातर्फबाट अजित सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

यसपटकको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। ५ चैतमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यतालिका रहेको थियो । प्रमुख तीन उम्मेदवारले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

Leave A Reply

Your email address will not be published.