डोटी: दलित महिला सँघ (फेडो) डोटीले साना व्यवसायी महिलाहरुलाई थप आयआर्जनमा सहयोग गर्न बाख्रा र जिविकोपार्जनका अन्य सामाग्री वितरण गरेको छ ।
यु एन वुमनको आर्थिक सहयोग तथा न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) र दलित महिला संघ फेडोको संयुक्त साझेदारीमा संचालित हाम्रो सहकार्य परियोजना अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा न. ५ र ६, शिखर नगरपालिका वडा न ६ र ९ मा जिविको पार्जन सुधारका लागि २४ जना र वडीकेदार गाउँपालिका वडा न १ र २ मा १३ जनाले सामुहिक सिलाई कटाई ब्यबसाय संचालन गर्न १ लाख २० हजार र वडा न. २ मा अदुवा, बेसार सामुहिक खेति गर्न ९९ हजार ५ सय सहयोग पाएका छन |
स्वयम् सहायता पैरवी समूहमा आवद्ध साना व्यवसायी महिलाहरुलाई थप आयआर्जन सहयोग गर्न २४ जना महिलाहरुलाई बाख्रा सहयोग, १६ जनालाइ किराना सामाग्री ४ जनालाई बिउटी पालर सामाग्री १ लाइ जनालाइ सिलाई सामाग्री तथा लेसिन २ जनालाइ, कुखुरा पालन १ जनालाई वितरण गरेको थियो । महिलाहरुलाई आयआर्जनका क्रियाकलापमा संलग्न गराइ आयार्जनमा थप सहयोग गर्ने उद्देश्यले संस्थाले सहयोग गरेको फेडोका जिल्ला संयोजक शंकर विश्वकर्माले जानकारी दिनुभयो ।
महिलाले आर्थिक कमजोरीका कारणले पारिवारमा घरेलु हिंशा तथा समुदायमा जातीय भेदभाब तथा छुवाछुत सहनुपर्ने कुरालाई अन्त्य गरि आर्थिक रुपमा शशक्त बनाइ जिविकोपार्जन सामाग्री तथा व्यवसायमा थप टेवा पुराउनका लागि थप सहयोग तथा सामुहिक भावनाको विकास गर्न सामुहिक ब्यबसाय संचालन गर्नका लागि सामाग्री वितरण गरेको जिल्ला संयोजक विश्वकर्माले जानकारी दिनुभयो । बाख्रा पाल्दै गयो भने आर्थिक रूपमा सफल हुने सिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायरले बताउनुभयो । गरिबीको रेखामुनि रहेका जनतालाई सहयोग पुगोस् भनेर फेडोले आफ्नो पालिकामा विभिन्न सहयोग गर्दै आएको उहाँको भनाइ रहेको थियो । सबै जनाले बाख्राको राम्रो पालन पोषण गरि व्यवसायीक रुपमा जिबिकोपर्जन गर्न नगर प्रमुख बलायरले सुझाव दिएका छन ।
सामुहिक तथा ब्यक्तिगत जिविको पार्जन सहयोगमा जम्मा ४ लाख ५९ हजार ५ सय बरावरको सहयोग भएको थियो | वितरण कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर, शिखर नगरपालिका वडा न. ६ का अध्यक्ष धिर्क सिंह, कार्यपालिका सदस्य रतन वि.क. वडा न. ९ का कार्यवाहक अध्यक्ष टेक राज भट्ट, दिपायल सिलगढी नगरपालिका वडा न. ६ का वडा सदस्य दिपा श्रेष्ठ, वडा सदस्य महेन्द्र केसी फेडो डोटीका अध्यक्ष सरिता दयाली लगायत पैरवी समुहका सदस्यहरुको सहभागितामा सामाग्री हस्तान्तरण भएको थियो |