डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
बुधबार राति सायल गाउँपालिका वडा ६ दल्लेख का लहरी नागरीको घरमा चट्याङ लागेर उहाँकी श्रीमती अन्दाजी ३२/३३ बर्षीय कमला नगरीको मृत्यु व जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिनुभएको छ ।
चट्याङमा घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा डोटीमा ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते हुनेमा मृतक नागरीकी १० वर्षीया छोरी तारा नागरी उहाकै छोराहरु ८ बर्षीय अविशेक नागरी ६ बर्षीय अबि नागरी र ३ महिने शंकर नागरी सोही ठाउँकी ४० वर्षीय तारा नागरी ८० वर्षीया कालि दमाई र ६ बर्षीय खुशी नागरी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।