डोटी / डोटीको आर्दश गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गरिएको छ ।
सिड नेपाल डोटी र वरल्ड भिजनकोे साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पर्शसी परियोजना अन्तर्गत आदर्श गाउँपालिका वडाहरूबाट आर्थिक अवस्था कमजोर भएका विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा सपोर्ट गरिएको हो ।
आदर्श गाउँपालिका समन्वय र सिड नेपाल डोटीको हार्दिक सहयोगमा २५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई प्रति व्यक्ति २ बाख्रा पर्ने गरी जम्मा ५० वटा बाख्रा वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष गणेश खड्काको अध्यक्षतामा छनोट गरिएका अपाङ्गता भएका व्यक्तिहरू बाख्रा वितरण गरिएको थियो । ३ लाख ८० हजार रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको थियो । जस्मा एक हजार पाँच सय किसानको तर्फबाट संकल गरिएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूको आयर्जनलाई सहयोग पु¥याउन बाख्रा वितरण गरिएको र सम्बन्धित वडाबाट अति जोखिममा रहेका र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी बाख्रा वितरण गरिएको थियो ।