डोटीको राजपुरमा अवस्थित सुजङ बोडिङ्ग स्कुलमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। विद्यालयको आयोजना तथा सुजङ अस्पताल डोटीको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त शिविरमा १८९ जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
शिविरमा बालबालिकाको ,नाक,कान दातलगायतक आधारभूत स्वास्थ्य परीक्षणहरू गरिएको थियो। साथै विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, पोषण तथा स्वस्थ जीवनशैली सम्बन्धी सल्लाहसमेत प्रदान गरिएको थियो।
सुजङ बोडिङ्ग स्कुलका संन्चालक नरेश बलायरका अनुसार विद्यार्थीहरूको स्वास्थ्यप्रति सजगता बढाउन तथा विद्यालयस्तरमै स्वास्थ्य समस्या पहिचान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको हो।
उहाले स्कुलले नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएका बताउनु हुँदै बालबालिकाले शारीरिक रूपमा स्वस्थ भएर राम्रोसँग पढ्न पाउन भन्ने उद्देश्यले शिविर सन्चालन गरिएको बताउनु भएको छ।
सुजङ अस्पतालमा कार्यरत डाक्टर राहुल पाण्डे र सुप्रिया द्रिवेदीको टोलीले बालमैत्री वातावरणमा परीक्षण गरी आवश्यक परामर्शसमेत दिईएको अस्पताका प्रमुख अर्जुन बलायले बताउनुभएको छ।
विद्यालय र अस्पताल दुवैले विगतदेखी नै यस्ता निशुल्क स्वास्थ्य सिविर सन्चालन गर्दै आएका छन् ।