‎डोटी बहुमुखी क्याम्पस, स्ववियु र शैलेश्वरी अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, विद्यार्थीले पाउने भए विशेष सुविधा ‎

धन बोहरा सिलगढी _डोटी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समिति र डोटीस्थित शैलेश्वरी अस्पताल प्रा.लि.बीच विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य सेवा सुलभ र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ।

‎डोटी बहुमुखी क्याम्पस परिसरमा आयोजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख लोकराज भट्ट, स्ववियु सभापति ईन्द्र राणा, र शैलेश्वरी अस्पतालका सञ्चालक आईजं कुँवरले स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक तथा कर्मचारीहरूले शैलेश्वरी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

‎प्रयोगशाला परीक्षण, भिडियो एक्सरे, सर्जरी (माइनर र मेजर), तथा औषधीजन्य सामाग्रीहरुमा अस्पतालले १० प्रतिशत छुटमा दिने गरी सम्झौता भएको छ।सम्झौतापछि डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकराज भट्टले”स्वास्थ्यमा सहुलियत सुनिश्चित गर्नु राम्रो भएको बताउनु हुँदै यस्तो किसिमको सहकार्यले क्याम्पससँग आबद्ध सबै विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि सहज स्वास्थ्य सेवा व्यवस्था गर्नु सकारात्मक कदम ‌भएको बताउनुभएको छ।

क्याम्पसका स्ववियु सभापति ईन्द्र राणाले सम्झौताछि शैलेश्वरी अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्नु हुदै यो सम्झौता आफ्नो नेतृत्वको प्रतिबद्धताको एउटा नमुना भएको बताउनु बताउनुभयो।

‎त्यस्तै, शैलेश्वरी अस्पतालका सञ्चालक आईजं कुँवरले सामाजिक उत्तरदायित्वको रूपमा शैक्षिक संस्थाहरूसँग सहकार्य गर्न पाउनु विद्यार्थीहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउन पाउनु गौरवको विषय भएको धारणा राख्नुभएको थियो।

‎सम्झौता १० महिनाका लागि लागू हुनेछ भने आवश्यकताअनुसार वार्षिक रूपमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सेवा लिने व्यक्तिहरूले मान्यता प्राप्त परिचयपत्र वा सिफारिस प्रस्तुत गर्नुपर्नेछ।

‎यस सम्झौताबाट डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र कर्मचारीहरू लाभान्वित हुने भएका छन।

Leave A Reply

Your email address will not be published.