सायल गाउँपालिका जिल्लाको चौथो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

डोटीको सायल गाउँपालिका  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । यस वर्ष पनि गाउँपालिकाभरीका ५९ महिना मुनिका सेवा क्षेत्र भित्रका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई सायल गाउँपालिका जिल्लाको चौथौ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा  भएको छ।

‎जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले सायल गाउँपालिका खोप समन्वय समिति डोटीका अध्यक्ष धर्मराज जोशीलाई खोप सुनिश्चितता  तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

‎जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले खोप अभियानलाई राष्ट्रले उच्च प्राथमिकतामा राखिएको कार्यक्रमको रूपमा व्याख्या गर्दै उहाले  यसलाई सफल बनाउन सबै तहका स्वास्थ्यकर्मी र स्वयंसेविकाले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ। प्रमुख सिंहले खोप सुनिश्चितता कार्यक्रमको सफलता नाप्ने मुख्य आधार भनेकै पालिकाको प्रतिबद्धता, योजना कार्यान्वयन र समुदायसँगको सहकार्य भएकोसमेत बताउनुभयो।

‎सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधार भएको बताउँदै स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउन पालिकाले निरन्तर लगानी गर्दै आएको बताउनुभएको छ । उहाँले खोप सुनिश्चितता बालअधिकारको महत्वपूर्ण अङ्ग भएकाले यसलाई दीगो र प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको बताउनु भयो ।

‎यसका साथै पालिकाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।  कार्यक्रमको अवसरमा सात स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिका तथा कार्यालय सहयोगीहरूलाई सम्मान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.