डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका –१ पोखरी डाँडामा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। धनगढीबाट गैरा तर्फ गइरहेको बा.प्र. ०१–०३० च ६६०३ नम्बरको कारले विपरीत दिशा तर्फ जाँदै गरेको लु ४० प २८१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
मोटरसाइकल चालक अछाम मेल्लेख गाउँपालिका–३ का २३ वर्षीय प्रकाश साउँदको हात, खुट्टा र भित्री शरीरमा चोट लागेको छ भने पछाडि सवार उनकी श्रीमती २२ वर्षीया सन्ध्या साउँदको दुबै खुट्टामा चोट लागेको छ। दुबैको अवस्था मध्यम रहेको र थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कार चालक कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरका २३ वर्षीय सुरेन्द्र पाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।