मतपेटिका संकलन सुरु, डोटीमा भोलि ११ बजेदेखि मतगणना

 

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डोटीका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भोलि बिहान ५ बजेसम्म जिल्लाभरिका मतदान केन्द्रबाट मतपेटिका ल्याइसक्ने लक्ष्य राखिएको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम तीव्र पारिएको जानकारी दिइन्। “भोलि बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसक्ने लक्ष्य छ,” उनले भनिन्, “मतपेटिका पुगेलगत्तै पहिलो चरणमा मतगणनासम्बन्धी औपचारिक जानकारी गराइनेछ र त्यसपछि सर्वदलीय बैठक बस्नेछ।”

उनका अनुसार सर्वदलीय बैठकपछि भोलि बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

Leave A Reply

Your email address will not be published.