डोटीमा मतगणना सुरु

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा मतगणना सुरु गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सिलगढीमा सर्वदलीय बैठक सम्पन्न भएपछि शुक्रबार दिउँस १ बजेर ८ मिनेटबाट मतगणना कार्य सुरु गरिएको हो।
जिल्लाका १८१ वटै मतदान केन्द्रबाट संकलित मतपेटिका कडा सुरक्षा व्यवस्थाका बीच सिलगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको थियो। मतदान सकिएलगत्तै मतदान अधिकृतहरूले मतपेटिका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा सदरमुकाम ल्याएका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय सहमतिपछि मतगणना सुरु गरिएको हो। मतगणनाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ।
डोटीमा कुल १ लाख ८१ हजार ७ सय ३९ मतदाता रहेका छन्। जिल्लाभरका १८१ मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो।
निर्वाचन अधिकृतका अनुसार मतगणनालाई व्यवस्थित, पारदर्शी र छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको छ। प्रारम्भिक परिणाम आउन केही समय लाग्ने बताइएको छ।
बोगटान फुड्सिल गाउँपालिका १,२,३ र ४ वडाका मतपेटीका बाट मत गणना सुरू गरीएको छ।

Leave A Reply

Your email address will not be published.