खड्काको हत्या गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक युवतीको हत्या आरोपमा प्रहरीली एक जनालाई पक्राउ गरेको छ

जिल्लाको भिमदत्त नगरपालिका -१८ खैरभट्टिमा मृत फेला परेकी पुर्नवास नगरपालिका – ६ बस्ने २२ वर्षीय लक्ष्मी खड्काको हत्या आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यालयका डिएसपी प्रकाश डागीले बताए ।
पकाउ पर्नेमा हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका -४ बस्ने भेषराज शाही हुन ।खड्का विहिवार खैरभट्टी स्थित नन्दा देवि जोशीको घरमा मृत फेला परेकी थिइन । डिएसपी डागीका अनुसार शाही जोशीको घर रेखदेखको काम गर्थे । फोनद्वारा चिनजानमा आएकि खड्का ४ दिन अघि घरबाट शाही संगै भागेर आएकी थिइन।

मृतक खड्का परिवारले बलात्कार पछि हत्या गरेको हुन सक्ने आसन्का गर्दै शाही विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए।
घटनाकोबारेमा प्रहरीले थप अनुसन्धान शुरु गरिसकेको डिएसपी डागीले बताए ।

Leave A Reply

Your email address will not be published.