डोटी : नेपाली कांग्रेसका नेता पुर्व संविधान सभा सदस्य तथा पुर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले नेपाली कांग्रेसले सत्ताको लागी मात्रै राजनीति गर्न आवश्यक नरहेको बताउनु भएको छ।
आज डोटीको सिलगढीमा पत्रकारसँगको कुराकानीमा नेता खड्काले आफ्नो पाटी लोकतान्त्रिक मान्यता बोकेको पाटी भएकाले काग्रेसले पद र सत्ताको लागी मात्रै राजनीति गर्न नहुने जिकिर गर्नुभयो काग्रेस विधि र पद्धतिमा चल्ने पाटी हो ,त्यसैले काग्रेसले जनतालाई सुसाशनको प्रत्याभूतिको महशुस गराउन सक्नुपर्छ उहाँले विपिको सिद्धान्तलाई आत्मसाथ गरेर पाटीका नेताहरुले नेपाली कांग्रेसलाई रुपान्तरण गरेर पाटीभित्रको गुटबन्दीको अन्त्य गरी अगाडी बढ्नुपर्ने बताउनुभएको छ । नेता खड्काले नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पाटीसंगको सल्लाह र समुन्वयबाट जनचाहना अनुसारको काम गर्नुपर्ने बताउनुभएको छ।