सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जति तितो भए पनि पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीको १२ औँ साधारण सभाको शनिबार धनगढीमा उद्घाटन गर्दे मुख्यमन्त्री भट्टले सो कुरा बताउनुभएको हो ।
पत्रकार आचारसंहिता पालनामा पत्रकाले अझ मेहनत गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । “पत्रकारिता समाजको ऐना हो, अहिले पनि ग्रामीण क्षेत्र र सुदूरपश्चिम विकासबाट वञ्चित भएकाले त्यसमा पत्रकारले भूमिका खेल्नुपर्छ” उहाँले भन्नुभयो ।
सुदूरपश्चिममा गौरवका आयोजना सञ्चालन नहुँदा यहाँको विकास हुन नसकेको मुख्यमन्त्री भट्टले भन्नुभयो, “ठूला परियोजना नभएर सुदूरपश्चिमवासी रोजगारीको अवसरबाट पनि वञ्चित भए ।” मुख्यमन्त्री भट्टले काम गर्ने प्रणालीमा परिवर्तन गर्न नसक्दा जनतालाई सन्तुष्ट बनाऊ नसकिएको चर्चा गर्नुभयो ।
प्रहरी र निजामतीजस्ता महत्त्वपूर्ण ऐन सङ्घीय सरकारले पारित नगर्दा प्रदेश सरकारलाई काम गर्न कठिन भएको उहाँले बताउनुभयो । महासङ्घका कैलाली अध्यक्ष हिमालय जोशीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्यद्वय उत्तर विष्ट, भरत शाह र वरिष्ठ पत्रकार चित्राड्ढ थापा, महासंघ प्रदेश अध्यक्ष योगेश रावल लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । : गाेरखापत्र अनलाइनबाट साभार