डोटीसहित तीन जिल्लामा अवरुद्ध फाइबर नेट सेवा सुचारु

डोटी , डोटीसहित अछाम र बाजुरा जिल्लामा अवरुद्ध भएको एनटी फाइबर नेट सेवा सुचारु भएको छ ।
बिहिवार दिउँसो हावाहुरीले डोटीको शिखर नगरपालिका गोपघाटमा अप्टिकल लाइन काटिएका कारण एनटी फाइबर नेट सेवा अवरुद्ध भएको थियो । हावाहुरीले तीन पोल ढलेर पाचँ सय मिटर काटिएपछि एनटी फाइबर नेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम डोटीले जानकारी दिएको छ । इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहिवार साझँ प्राविधिकको टोली पुगेर आज दिनभर मर्मत गरेपछि शुक्रवार साझँ इन्टरनेट सेवा सुचारु भएको जनाएको छ । दुई दिनसम्म इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा निजि कार्यालयहरुमा सेवा प्रवाह ठप्प भएको थियो ।

Leave A Reply

Your email address will not be published.