डोटीलाई‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा

 

डोटी _डोटी जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । बुधबार जिल्ला खोप समन्वय समितिद्वारा आयोजित एक समारोहमा बिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समीति प्रमुख लक्ष्मण सिहको अध्यक्षतामा भएको घोषणा समारोहमा क्षेत्रीय स्वास्थ्य निर्देशक प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल जिल्ला समन्वय समीति उपप्रमुख, स्मृती चुनारा,दिपायल सीलगढी नगरपालीकाका बाजी सिह खडका, लगाएतको उपस्थिति रहेको थियो ।। डोटी जिल्लालाइ पहिलो पटक २०७५ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषाणा गरिएको थियो ।यस वर्ष पनि जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिईने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए बिभिन्न रोगहरु विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरुले लगाएपछि प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको बताए ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै एक समारोहका बीच आज जिल्लालाइ पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

Leave A Reply

Your email address will not be published.