डोटी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले पक्राउ गरेको हो ।
रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी नेतृत्वको टोली रास्वपा कार्यालय पुगेको थियो । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।