राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन डोटीको प्रथम जिल्ला अधिवेशनबाट खत्रीको नेतृत्वमा २१ सदस्यसीय जिल्ला कार्यसमिति चयन
धन बहादुर बोहरा डोटी _राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन डोटीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संजय खत्रीको अध्यक्षतामा सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन गरेको छ । बुधवार दिपायलमा भएको अधिवेशनले जिल्ला उपाध्यक्षमा दिपक धामी सचिवमा कर्ण बहादुर साउद सहसचिवमा सचिन खड्का कोषाध्यक्षमा नविन बिक लगायतका ३९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेश बागले जानकारी दिनुभएको छ।