डोटी, डोटीमा बोलेरो जिब दुर्घटना हुँदा चालक घाइते भएका छन्।जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा न ५पुन्नमा जिब दुर्घटना हुँदा चालक घाइते भएका छन्।सिलगढी बाट दिपायल तर्फ जाँदै गरेको चालक ऐ.ऐ. ५ बागठाटा बस्ने बर्ष अन्दाजी ३०/३२ का गणेश भण्डारीले चलाएको ना १ ज ३२९३ नं. को बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चाल गम्भीर घाईते भएका छन् चालकको टाउको, दुबै खुट्टा र शरिरमा चोट लागेको छ । घाईते भण्डारीलाइ उपचारको लागी जिल्ला अस्पताल डोटी पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।जिपमा अन्य सवार नरहेको भन्ने बुझिएको छ।