आदर्श गाउपालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शारदा मा विलाई

धन बोहरा डोटी,डोटीको आदर्श गाँउपालिकाको आयोजनामा आयोजित छैटौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि १२ स्वर्ण पदक सहित शारदा माध्यमिक विद्यालयले जितेको छ ।३० स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा १२ स्वर्ण र ४ रजत एक कास्य पदक सहित आदर्श गाउपालीका वडा नं २मा रहेको शारदा माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको हो । त्यस्तै पाँच स्वर्ण ६स्वर्ण ७ रजक र एक कांस्य सहित मष्टामण्डौ माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गर्दा ५ स्वर्ण ३ रजत र ७ कांस्य सहित गिरीचौका माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको  आदर्श गाउपालीका शिक्षा तथा खेलकुद शाखा  प्रमुख पदम बिष्टले जानकारी दिनुभयो ।

पुस २५ गतेबाटसुरु भएको प्रतियोगितामा गाउँपालिकाभरिका १० ओटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।

 

Leave A Reply

Your email address will not be published.